
एनआरएनए अमेरिका, नर्थ क्यारोलिना च्याप्टर अध्यक्षमा सुधन थापा र उपाध्यक्षमा रैश बर्तौला

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय संघ, राष्ट्रिय समन्वय परिषद, नर्थ क्यारोलिना च्याप्टरको अध्यक्षमा सुधन थापा बिजयी भएका छन् ।


नर्थ क्यारोलिना च्याप्टरमा जम्मा मत २३० रहेकोमा सुधनको पक्षमा ११६ मत खसेको थियो । भने अर्का प्रतिद्वन्दी बिशाल भारतीको पक्षमा १०६ मत खसेको थियो । र ८ मत कसैको पनि पक्षमा नखस्दा थापाले १० मतको अन्तरले बिजयी प्राप्त गरेको हो ।

यतातिर भने उपाध्यक्ष पदमा रैश बर्तौला निर्बिरोध निर्वाचित भएका छन् ।
