
सिन्धु युएसए वेलफेयर सोसाइटी द्वारा न्युयोर्कमा “भव्य दीपावली साझँ २०२६” हुँदै
मकै हाउस मिडिया, लकेश श्रेष्ठ
सिन्धु युएसए वेलफेयर सोसाइटीले न्युयोर्कमा भव्य ‘दीपावली साँझ २०२६’ आयोजना गर्ने भएको छ। ‘जीवनका लागि शिक्षा’ “Education For Life” भन्ने मूल नाराका साथ आगामी नोभेम्बर ७ तारिखमा यो कार्यक्रम हुन लागेको हो।
यस संस्थाले विगत लामो समयदेखि नेपालमा सिन्धुपाल्चोक स्थित अनाथ तथा असहाय बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिँदै आएको छ। यही अभियानलाई निरन्तरता दिन र नेपालका अनाथ बालबालिकाको शिक्षामा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।
दीपावली साझँ लाई सभ्य भव्य र ब्यबस्थित बनाउन सबै तयारीहरु पुरा भएको र कार्यक्रमलाई अन्तिम स्वरुप दिन आयोजक ब्यापक तयारीको अन्तिम चरणमा पुगेको छ।
दीपावली साँझ न्युयोर्कस्थित गुलसन टेरेस हलमा हुनेछ। यस कार्यक्रममा उपस्थित भएर असहाय बालबालिकाको सुनौलो भविष्य निर्माणमा सहयोग गर्न संस्थाले न्युयोर्कमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ ।


