Banner

शनिबार न्युयोर्कमा मेलिना राईको पहिलो पटक सांगितीक प्रस्तुती हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । सुरीली स्वरकी धनि सर्बप्रिय गायिका मेलिना राईको न्युयोर्कमा पहिलो पटक सांगितीक सॅाझ हुने भएको छ ।

केटिएम ईन्टरटेन्मेन्टको मुख्य संयोजन र आयोजनामा “मेलिना राई लाईभ ईन युएसए” नामक सर्बप्रिय गायिका मेलिना राईको अमेरिकामा पहिलो पटक एकल सांगितीक कार्यक्रमको समय न्युयोर्कमा पनि पहिलो पटक गायिका राईको एकल सांगितीक कार्यक्रम हुने भएको हो । 

आगामी जुलाई २९ (July 29, 2023, Saturday) शनिबार सॅाझ ८:०० बजे बाट मध्यरात सम्म चल्ने उक्त कार्यक्रम न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरेस (Gulshan Terrace) हलमा हुने भएको हो । 

कार्यक्रममा गायिका राई संगै केहि समय यता न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका लोकप्रिय राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायक बिमल डॅागी, जादुगर तथा हास्यकलाकार महादेब त्रिपाठी र नृत्यंगना बसन्ती राईको पनि बिशेष प्रस्तुती रहनेछ । भने कार्यक्रमको होस्ट बिक्की पुलामीले गर्ने छ । र कार्यक्रमको अन्त्यमा न्युयोर्कका चर्चित डिजेद्वय डिजे रोकेश गुरुंग, डिजे एलएस (जांग्बु शेर्पा) र डिजे कर्माले माहौल तताउने छ । 

 

Loading...