
नेपाली लायन्स क्लब न्युयोर्कको आयोजनामा “सकारात्मक सोचको शक्ती” भर्चुअल प्रेणादायी कार्यक्रम हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा नेपाली अमेरिकनहरुको नेतृत्वमा रहेको लायन्स क्लबको आयोजनामा “सकारात्मक सोचको शक्ती” नामक प्रेणादायी अनलाईन सेमिनार हुने भएको हो ।

न्युयोर्कको क्विन्समा रहेको ३ वटा लायन्स क्लबहरु, लायन्स क्लब अफ क्विन्स बुद्ध, क्विन्स केटिएम लायन्स क्लब, क्विन्स नेप्लिज लायन्स क्लब र लंगआईल्याण्डमा रहेको नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लबको संयुक्त आयोजना र गैरआवासिय नेपाली संघ, अमेरिका, रोटरी क्लब अफ न्युयोर्क, युनाईटेड शेर्पा एसोसियसन अफ अमेरिका, बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका, बाग्लुंग वेलफेयर सोसाईटी अफ अमेरिका, राप्ती सेवा समाज न्युयोर्क, जमैका नेप्लिज सोसाईटी न्युयोर्क, सफक काउन्टी नेपाली समाज न्युयोर्क, चितवन सोसाईटी अफ अमेरिका, लम्जुंग अमेरिका वेलफेयर सोसाईटी युएसए र गोर्खा समाजको सह-आयोजकत्वमा आगामी जुलाई ३० (July 30, Sunday) सॅाझ ८:०० (न्युयोर्क समय अनुसार) बजे “सकारात्मक सोचको शक्ती” नामक भर्चुअल प्रेणादायी सेमिनार हुन लागेको हो ।

उक्त भर्चुअल सेमिनारको प्रेणादायी मुख्य बक्ताको रुपमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवन, नेपालका डिन, प्रा.डा. होम बहादुर बस्नेतले “सकारात्मक सोचको शक्ती” बिषयक आफ्नो प्रस्तुती राख्नु हुनेछ । जुन बिषय अहिले २१औ शताब्दीको बाह्य फेशन संगै बिकृती पनि अंगाल्दै गईरहेको अबस्थामा हाम्रो लागी एस्ता खाले प्रेणादायी र सकारात्मक कार्यमा उत्प्रेरित गर्ने शिक्षा निकै अपरिहार्य बनेको छ ।

कार्यक्रममा नेपाली महावाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका महावाणिज्यदुत महामहिम बिष्णु प्रसाद गौत्तमले प्रमुख आतिथ्यताको ग्रहणको साथै प्रस्तुत बिषयक उत्प्रेणादायिक आफ्नो भनाई र अनुभब पनि राख्नु हुनेछ ।
उक्त अनलाईन सेमिनारमा सहभागी हुन चाहनेले फ्लायरमा राखिएको जुमको आईडी र पास्वर्ड प्रयोग गरी सहभागिता जनाउनु सक्नुहुनेछ ।

सेमिनार मकै हाउस अनलाईन टिभी र अन्य पेजहरुबाट लाईभ गरिनेछ ।