Banner

श्रीलंकामा भर्खरै सम्पन्न ‘मिस वर्ल्ड टुरिजम २०२३’मा “मिस एलिगेन्स”को उपाधी सजिना खनाललाई

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । श्रीलंकाको कोलोम्बोमा भर्खरै सम्पन्न मिस वर्ल्ड टुरिजम २०२३’ को शिर्ष १० मा पर्दै नेपालको प्रतिनिधित्व गरेकी सजिना खनालले मिस एलिगेन्स’को उपाधि हात पार्दै स्वदेश फिर्ता भएकी छन्।


गत जुलाई ३०,२०३० सॅाझ श्रीलंकाको कोलोम्बोमा सम्पन्न भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’को पहिलो संस्करणमा ३५ देशका सुन्दरीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


सहभागी ३५ देशका सुन्दरीहरुलाई पछि पार्दै शिर्ष १० मा आफ्नो स्थान सुरक्षित बनाउदै “मिस एलिगेन्स” को उपाधी जितेकी हुन् सजिनाले । 

सर्लाही जानकीनगरकी स्थायी बासिन्दा सजिना आफ्नो बाल्यकाल देखि नै काठमाण्डौमा बसोबास गर्दै आईरहेकी थिईन् ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले आयोजना गरेको  ‘मिस वर्ल्ड टुरिजम नेपाल” मा उपाधी हात पारे पछी “मिस वर्ल्ड टुरिजम” मा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिने ढोका खोलेको हो ।

 

Loading...