Banner

जिपिके फाउण्डेशन अमेरिका च्याप्टर द्वारा माननिय धनराज गुरुंगलाई न्युयोर्कमा स्वागत तथा सम्मान

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले नेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङज्यु लाई न्युयोर्क स्थित कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

गत अगस्ट ३,२०२३ (बिहिबार)को दिन गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्दै “Untold Stories & Hidden Truth” पुस्तक उपहार दिदै सम्मान गर्नुभएको थियो।

सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो भने एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जि.सी., एनआरएनए अमेरिका न्युयोर्कका नॅंव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, समाजसेवी श्याम कार्की, बिरेन्द्र मानन्धर, अनिता परियार प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि माननीय धनराज गुरुङज्युले जिपी कोईराला फाउन्डेशन अमेरीकाको प्रशंसा गर्दै अशल टीम र जुझारू नेतृत्वको कारणले अमेरिकामा समाज सेवामा अव्बल रहेकोप्रती गर्व गर्दै आगामी दिनहरूमा उच्च राजनैतिक एवं सामाजिक सफलताको शुभकामना ब्यक्त गर्दै दोस्रो पटक फाउण्डेशनको कार्यालयमा पाईला टेक्न पाउॅंदा अत्यन्तै हर्षित भएको छु, भन्नु भयो।

यसै फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले आदरणिय धनराज गुरुङज्युले नेपालमा प्रजातन्त्रको लागी खेल्नुभएको भुमीकावारे स्मरण गराउॅंदै वॅंहा एक प्रजातन्त्रको लडाकुको रूपमा आफुले नजीकबाट चिन्ने मौका पाएको र वहाँको आजै नेपाल को यात्रा तय भएकोले सुरक्षित उडानको शुभकामना व्यक्त गर्नु भयो।

फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले फाउन्डेशन सदैव प्रजातन्त्रीक र मानवीय कार्यको लागी लागीरहेकोमा जोड दिनुभयो भने अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आपदविपद पर्ने जोसुकैलाई पनी फाउन्डेशनको ढोका खुल्ला रहेको बताउनुभयो।

अन्त्यमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरू सबैलाई कार्यालयमा स्वागत गरी छोटो मिठो अन्तर्कृयात्मक छलफल गर्नपाउँदा आफु लगायत फाउन्डेशन परीवारतर्फबाट खुशी ब्यक्त गर्दै स्थापनाकाल देखी आजसम्म फाउन्डेशन परीवारले निरन्तर समाज सेवामा लागीरहेको र निश्वार्थ भावनाकासाथ भविष्यमा पनी समाजको हकहितमा लागीपर्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष घिमिरेले माननीय धनराज गुरुङज्युको नेपाल फिर्ती उडान आजै बेलुका रहेको र वॅंहाको हवाई यात्रा सुखद एवं आविष्मरणीय रहोस भन्ने कामना समेत गर्नुभयो भने फाउन्डेशन परीवारको तर्फवाट यती छोटो समयमा भेटघाट एवं छलफलको हाम्रो निमन्त्रणालाई स्वीकारी समय व्यवस्थापन गरी फाउन्डेशनको कार्यालयमा उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।

Loading...