Banner

तारा-किशन फाउण्डेशन न्युयोर्कले संचारकर्म मार्फत नेपाली भाषा जगेर्नामा सहयोग पुर्याएकाहरुलाई सम्मान गर्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । ताराकिशन फाउण्डेशन न्युयोर्कले नेपाली भाषा, साहित्य, कला र  संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा सहयोग पुर्याएका अमेरिका केन्द्रित मिडिया हाउस र संचारकर्मिहरुलाई सम्मान गर्ने भएको छ ।

फउण्डेशनले आगामी अगस्त २६, २०२३ शनिबारको दिन न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको प्रांगणमा एक बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागेको हो । 

संयुक्त राज्य अमेरिकामा रहि नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली मिडियाका प्रधान सम्पादक, सम्पादक, सञ्चालक र संचारकर्मिहरुलाई नेपाली भाषाको जगेर्ना प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो । 

नेपाली महावाणिज्यदूतावासको कार्यालय, न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यता, नेपाली समुदायका अगुवाहरु र विदेशी पाहुनाहरुको उपस्थिती माझ संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्य जस्तै क्यालिफोर्निया, वाशिंगन डिसी, टेक्सास, भर्जिनिया, न्युजर्सी न्युयोर्कमा बसोबास गरि नेपाली संचारकर्ममा योगदान पुर्याएका संचारकर्मी र संचालक गरि २१ जना लाई सम्मान गरिने भएको हो । 


सोहि कार्यक्रममा फाउण्डेशनले लोक संस्कृती, सुदुरपश्चिमेली भाका देउडा र नेपाली कला संस्कृतीको जगेर्ना र यस्को प्रबर्धनमा उल्लेखनिय योगदान पुर्याउनु भएका देउडा गीतका  बरिष्ठ गायक शंकर विष्ट गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने भएको छ । 

ताराकिशन फाउण्डेशनले बिगत केहि बर्ष देखी न्यूयोर्कमा साहित्यिक सांस्कृतिक कार्यक्रम, गौ:रा पर्व, साहित्यिक सम्मेलन एवं दार्चुला महोत्सवको आयोजनाको साथै सामाजिक कार्यहरुमा पनि सघाउ पुर्याउदै आईरहेको फाउण्डेशनका संरक्षक, संस्थापक तथा संचालक
तारा धामीले बताउनु भयो । 

 

 

 

Loading...