Banner

पारिवारिक कथानक नेपाली चलचित्र “बगान” बोस्टनमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

बोस्टन । पारिवारीक कथामा आधारित नेपाली चलचित्र “बगान” बोस्टनमा प्रदर्शन हुने भएको छ । 

आगामी अगस्त २१, सोमबार सॅाझ ६ः३० बजेको शो  म्यासेचुसेट्स राज्यको बोस्टन शहर स्थित रेजेन्ट थिएटर (Regent Theatre, 7 Medford St. Arlington, MA) मा प्रदर्शन हुने भएको हो । 

सदाबहार नायक सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ र नवनायिका प्रमिला कार्कीको मुख्य भुमिका रहेको उक्त चलचित्र पारिवारिक परिबेश र आजको यथार्थलाई समेटेर तयार पारिएको निर्माण पक्षले बताएका छन् । 

शुरेश वाग्लेको  निर्माणमा तयार भएको उक्त चलचित्रलाई सदाबहार नायक सरोज खनालले निर्देशन गर्नु भएको हो । 

Loading...