
राजु लामा एकल सॅाझ न्युयोर्कमा साथमा करण राई र एन्जल्स ब्याण्ड
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । मंगोलिएन हर्ट ब्याण्ड, सुप्रसिद्ध गायक राजु लामाको एकल सॅाझ न्युयोर्कमा हुने भएको छ ।

ज्वेल अफ हिमालयको प्रस्तुती र ग्लोबल नेपाल र चॅादनी कलेक्सनको संयुक्त आयोजनामा हुन लागेको “राजु लामा लाईभ ईन न्युयोर्क” नामक मंगोलियन हार्ट गायक राजु लामाको एकल सॅाझ अगस्ट २६ (August 26, Saturday) सॅाझ ८ः०० (8:00pm -3:00am) बजे न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुम (Melrose, Ballroom) मा हुन लागेको हो ।

गायक लामालाई स्टेजमा एन्जल्स ब्याण्डले साथ दिदैछ भने गायक लामा संगै भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करन राईले पनि आफ्नो बिशेष प्रस्तुती दिने भएको हो ।

कार्यक्रमको उद्घोष सागरिका श्रेष्ठले गर्दैछिन् भने कार्यक्रम पश्चात डिजे कर्माले माहौल तत्ताउने भएको छ ।


