Banner

जर्सि सिटीमा हरितालिका “तिज फेस्टिभल २०२३” मनाईदै

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युजर्सी । संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यको जर्सि सिटीमा हिन्दु नारिहरुको महानपर्ब हरितालिका तिज भब्यरुपमा मनाउने भएको छ । 

वुमन फर कज, बोलो बहेन, हड्सन् स्पिक र गैर आवासिय संघ, राष्ट्रिय समन्वय परिषद, न्युजर्सि च्याप्टरको संयुक्त आयोजनामा न्युजर्सिको जर्सि सिटी स्थित एचसिसिसि पुस्कालय भवन (HCCC Library Building 81 Sip Ave, Jersey City, NJ 07306) मा आगामी सेप्टेम्बर ९ (September 9,2023) शनिबारको दिन दिउसो १२:०० बजे देखी सॅाझको ७:०० बजे सम्म हिन्दु नारिहरुको महान पर्व “तिज फेस्टिभल २०२३” कार्यक्रम हुन लागेको हो । 

वुमन फर कज, बोलो बहेन र हड्सन स्पिकले बिगत १ दशक देखि न्युजर्सिको जर्सि सिटीमा बिभिन्न खाले समाजमा सकारात्मक परिबर्तनमा टेवा पुग्ने कार्यहरुको साथै तिज पर्व मनाउने कार्यक्रम गर्दै आईरहेको छ । सोहीको निरन्तरता स्वरुप यस् बर्ष पनि हरितालिका तिज फेस्टिभल २०२३ मनाउन लागिएको हो । 

Loading...