
क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कको आयोजनामा बृहत दर तथा तिज बिशेष कार्यक्रम हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको आयोजनामा न्युयोर्कको क्विन्समा बृहत दर खाने तथा तिज बिशेष कार्यक्रम हुने भएको हो ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको क्विन्समा नेपालीहरुको नेतृत्वमा रहेको ३ वटा क्लब मध्ये क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कको मुख्य आयोजना र अन्य २ लायन्स क्लब क्विन्स बुद्ध र नेप्लिजको साथै न्युयोर्कको लंगआईल्याण्डमा रहेको अर्को एउटा लायन्स क्लब नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लबको सह-आयोजनामा क्विन्सको वुडसाईड स्थित सत्य नारायण मन्दिरको हलमा आगामी सेप्टेम्बर ९,२०२३ सॅाझ ६:०० बजे देखि मध्यरात सम्म बृहत दर तथा तिज महोत्सव चल्ने भएको हो ।

उक्त बृहत दर तथा तिज कार्यक्रममा बिभिन्न खानाको परिकार र डिजेको गित संगै रमाईलो कार्यक्रम हुने र सहभागि हुन चाहनेले योगदान स्वरुप $२० को टिकट खरिद गरि प्रबेश गर्नु पर्ने प्राबधान बनाईएको छ ।

कार्यक्रममा प्रबेश शुल्क स्वरुप रकम राखिनुको कारणको प्रश्नमा क्लबकी अध्यक्ष लायन रश्मि श्रेष्ठ बताउनु हुन्छ: “निशुल्क कार्यक्रम बनाउदा आर्थिक भार आयोजक पक्षलाई मात्र पर्ने र निशुल्क बनाईएको कुराको खासै महत्व नहुने भएकोले सहभागीहरुले पनि प्रवेश शुल्क तिरीसकेपछी आफ्नोत्व महसुस गर्न सकुन र भरपुर रमाईलो गर्न सकुन भनेर हामिले केहि रकम योगदान स्वरुप तोकेका हौ”


