Banner

न्युयोर्क स्थित नेपाली महाबाणिज्यदुतावासको कार्यालय नॅया स्थानमा सर्ने

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित नेपाल महाबाणिज्यदुतावासको कार्यालय नयॅा स्थानमा सर्ने भएको छ । 

न्युयोर्क स्थित म्यानह्याट्टनको २१६ ईस्ट ४९ स्ट्रिटको चौथौ तल्लामा (216 East 49th St. 4th Floor, NY) रहेको महाबाणिज्यदुतावासको कार्यालय आगामी सेप्टेम्बर १,२०२३ (September 1,2023) बाट नयॅा स्थानमा सर्न लागिएको कुरा एक सुचना जारी गर्दै जानकारी गराएका छन् ।  

न्युयोर्कको म्यानह्याट्टनकै पहिलेको कार्यालयको स्थान भन्दा चार ब्लक को फरकमा २२८ ईस्ट, ४५ स्ट्रिटमा रहेको भबनको चौथौ तल्ला (228 East, 45th St. 4th Floor S (Suit 400, NY 10017) को सुट ४०० मा सर्ने भएको हो । 

अन्य जानकारीको लागी नेपाल महाबाणिज्यदुतावासको कार्यालयले प्रकाशित गरेको सुचनामा हेर्नुहोला । 

Loading...