
न्युयोर्क एयरपोर्टमा दन्किएको ट्याक्सिको आगो निभाएका नेपाली, जस्को अहिले चर्चा छ
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको लाग्वईडिया एयरपोर्टमा एउटा पहेलो ट्याक्सीमा दन्किरहेको आगो निभाएर ठुलो क्षती हुन बाट बचाएका नेपालीको अहिले चारै तिर चर्चा बढिरहेको छ ।
नेपाल घर सोलुखुम्बु गोराखानीका ल्हाक्पा रिन्जी शेर्पाले न्युयोर्कको क्विन्स स्थित लाग्वईडिया विमानस्थलमा पहेलो ट्याक्सीमा एक्कासि आगो लागे पछि आफ्नो ज्यानको प्रवाह नगरी दन्किरहेको चर्को आगो निभाएर साहसिक काम गरेका थिए । जस्को अहिले चौतर्फी चर्चा भईरहेको छ ।

गत मंगलबारको कुरा हो लाग्वईडिया विमानस्थलको पार्किङस्थलमा पहेलो ट्याक्सिमा अचानक आगलागी भएपछी पार्किङ क्षेत्र धुवॅाग्रस्त बनेको थियो । आगलागी भएपछी त्रसित भएर अन्य ब्यक्तिहरु भागदौड गरिरहेका बेला शेर्पा फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर आगलागी नियन्त्रणमा जुटेका थिए ।

शेर्पाले साहसिक हुदै आगो निभाईरहेको बेला भने अन्यले मोबाईलबाट भिडियो खिचिरहेका थिय र सो भिडियोहरु अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।

”आगो निभाउने अनुभव मसँग थियो। त्यसको प्रशिक्षण पनि मैले लिएको छु। धुँवाको मुस्लो देखेर सबैजना भागदौड गरिरहेका बेला मआगो नियन्त्रमा जुटेको थिएँ। आगलागी नियन्त्रण बाहिर जाँदा धेरै क्षति हुनसक्थ्यो। त्यसैले म भागिनँ र आगलागी नियन्त्रणमा आयो“ शेर्पाले मकै हाउस न्युजलाई बताउनु भयो ।