Banner

अमेरिका आएको २७ बर्ष पछि अगस्ट २७ मा नेपाल जाने तयारी गरेका शम्शेर मगरको निधन

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । २७ बर्ष पहिले संयुक्त राज्य अमेरिका आएका शम्शेर बहादुर थापा मगरको सुतेकै ठाउमा निधन भएको छ ।

स्थायि घर नेपालको तनहॅु जिल्ला भएका शम्शेर बहादुर थापा मगर २७ बर्ष अघि अमेरिका आएका थिए । २ बर्ष अन्य ठॅाउमा बसि न्युयोर्कको लंगआईल्याण्ड बसाई सरेका शम्शेर २५ बर्ष देखी लंगआईल्याण्डमा बसोबास गर्दै आएका थिए । श्रीमति बिजया लक्ष्मी थापा, एक छोरा संजिब थापा मगर र एक छोरी मध्ये छोरी संचिता थापा मगर अमेरिकामा बाबा संगै बस्दै आएका छन् । 

अमेरिका आएको २७ बर्ष पछि यहि अगस्ट २७ तारिकमा कतार एयरवेजको जहाज मार्फत नेपाल जाने तयारि गरेका शम्शेर गत मंगलबार राती खाना खायर सुतेका थिए । बुधबार बिहान अबेर सम्म नउठेपछी उनको ६२ बर्षको उमेरमा निधन भएको हो । 

शमशेर मगर असाध्यै असल, सहयोगी र सबैलाई माया गर्ने प्रबृतीको हुनुहुन्थ्यो, लंगआईल्याण्ड नेपाली समाजमा अभिबावकत्व भुमिका निभाउनु हुन्थ्यो, उहॅाको असामायिक निधनले निकै दुखि बनाएको छ, समाजसेवी टिका ढकालले बताउनु भयो । 

Loading...