Banner

देउडाले गुञ्जीयो न्यूयोर्कको ज्याक्सन हाईट्स ।

 

मकै हाउस टिभी एण्ड न्युज, वीर घर्ति मगर,


न्यूयोर्क । गौरापर्वको अवसरमा न्यूयोर्कको ज्याक्सन हाईटमा सुदूरपश्चिम नेपाली समाज न्युयोर्कले शुक्रबार आयोजना गरेको देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनकतामा धुमधामसँग रमाए ।


सुदूरपश्चिम नेपाली समाज न्युयोर्कद्वारा शुक्रबार सत्यनारायण मन्दिरको परिसरमा आयोजना गरिएको गौरा पर्बमा सुदूरपश्चिमेलीहरुले धित मरिन्जेल गौरा तथा डेउडा खेलेका थिए । अहिले अमेरिकाका सुदूरपश्चिमवासी पनि प्रवासमा रहेर आफ्नो कला र संस्कृति जोगाई राख्न देउडा खेल्दै रमाएका छन् ।


गौरा पर्ब कार्यक्रमको उद्घघाटन प्रमुख अतिथी न्युयोर्क स्थित महावाणिज्य दूत विष्णुप्रसाद गौतमले गर्नुभएको थियो । कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका अध्यक्ष रामबहादुर देउवा, सुदूरपश्चिम नेपाली समाज न्युयोर्कका उपाध्यक्ष दानसिंविष्ट, गैरआवासीय नेपाली सँघ न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्तबहादुर मल्ल, नेपाली जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनेन्द्रनेम्वाङ, रोटरी क्लव अफ क्यूनसका अध्यक्ष हंसराज जोशीले आ-आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष नविन ओझाले उक्त कार्यक्रम सन्चालन गर्नुभएको थियो ।


गौरा पर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौसम्म देउडा खेलिन्छ ।देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो ।


यो विधाले लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ ।


” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यस्तो कार्यक्रमको निरन्तरता प्रत्येक बर्ष आवश्यक रहेको ” सुदूरपश्चिम नेपाली समाजका बोर्ड अफ डाईरेक्टर भिम खत्रीले कार्यक्रमको बरेमा जानकारी दिदै लाफा खबरलाई बताउनुभयो ।

Loading...