Banner

न्युयोर्कमा जनजातिहरूले २९ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाए ।

 

मकै हाउस टिभी एण्ड न्युज, वीर घर्ति मगर,
न्यूयोर्क

नेपाल आदिवासी महासंघ, अमेरिका (फिप्ना) ले २९ औ अन्तराष्ट्रिय विश्व आदिवासी दिवस यही अगस्ट २६ तारिख शनिवारको दिन न्यूयोर्कमा भब्य रूपमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।


“आत्म निर्णयको अधिकारको लागी परिवर्तनका सम्वाहक युवा” भन्ने मूल नाराका साथ मुख्य आयोजक नेपाल आदिवासी महासंघ, अमेरिका (फिप्ना) ले गरेको कार्यक्रममा सह-आयोजक फिप्नाका सदस्य जनजाति समुदायहरूको १८ वटा संस्थाहरू सहित प्रतिनिधि र पर्यवेक्षकहरू सहभागी भएका थिए ।

न्यूयोर्कको अल्मर्स्टको ४०-०८ ७६औ स्ट्रिट बाट शुरू गरिएको विभिन्न जनजातिको मौलिक भेषभुषा झल्किने सांस्कृतिक झाँकी सहितको र्याली डाईभर्सिटी प्लाजामा आएर उक्त स्थानमा विविध कार्यक्रम गरी सम्पन गरिएको थियो ।

 

Loading...