
न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको लायन्स क्लबको आयोजनामा हिज्जे प्रतियोगिता सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्यूयोर्कको क्विन्समा नेपालीहरुको नेतृत्वमा रहेको ३ वटा क्लबहरुको संयुक्त आयोजनामा हिज्जे (Spelling BEE Contest) प्रतियोगिता सम्पन्न भएको छ ।


गत अगस्ट २७,२०२३ आईतबारका दिन दिउसो २:०० बजे बाट ५:०० बजे सम्म लायन्स क्लब अफ क्वीन्स बुद्ध, क्विन्स केटीएम लायन्स क्लब, लायन्स क्लब अफ क्विन्स नेप्लिजको संयुक्त आयोजनामा हिज्जे (Spelling Contest) प्रतियोगिता सम्पन्न भएको हो ।


७२-३२ ब्रोडवे, ज्याक्सन हाईट्स स्थित, क्विन्स केटिएमको कार्यालय हलमा सम्पन्न उक्त हिज्जे (Spelling Bee Contest) प्रतियोगिता कक्षा ३ देखि कक्षा १२ सम्म अध्ययनरत छात्रछात्राहरुको सहभागिता बिच प्राथमिक तह कक्षा ३-५, नि.मा.वि. तह कक्षा ६-८ र उच्च मा.वि. ९-१२ सम्मका गरि ३ समुहका जम्मा १४ बिधार्थिहरुले भाग लिएको उक्त कार्यक्रम भब्य र सभ्यरुपमा सम्पन्न भएको थियो ।


उक्त कार्यक्रममा अभिवाबकहरुको पनि प्रतक्ष्य निगरानी रहेको थियो ।
प्राथमिक तहमा योगंसन गौडेल, बृहना पौड्याल, सामिया कार्कीले समान अकं ल्याई प्रथम स्थान हासिल गरेका छन् । नि.मा.वि. तह तर्फ अनमोल आचार्य प्रथम भएका छन् यसै गरि उच्च मा.वि. तह तर्फ रोचक आचार्य प्रथम हुन सफल भएका छन् । कार्यक्रममा भर्खरै उच्च मा.वि तहको शैक्षिक खुड्किला पार गरि कलेज भर्ना भएका दोश्रो पुस्ताका नेपाली अमेरिकन विद्यार्थीहरू प्रनिता बस्नेत र देरोन घिमिरेले टाईम किपर र प्रश्न सोधकर्ताको रुपमा संयुक्त व्यवस्थापनको साथै संचालन गरेका थिय ।

ईन्टरनेशनल लायन्स क्लब्स डिष्ट्रिक २०-के १ का रिजन चेयर लायन पुरूषोत्तम पन्थीको प्रमुख आतिथ्य र जोन चेयर खड्ग पुलामी “विक्की” को विषेश आतिथ्यता रहेको कार्यक्रममा ३ वटै क्लबका स्वंयम्सेबकहरू बुद्ध पौडेल, अरूणा रूम्बा , करूणा श्रेष्ठ, चन्द्र नेपाली, सागं दोर्जे शेर्पा, अर्जुन गौडेल, शिवजी खड्का, बेगम पण्डित, कृष्ण आचार्यले कार्यक्रमलाई पूर्ण सफल बनाउन आफु स्वयं ऊपस्थित भई सहयोग गर्नुभएको थियो।

लायन्स क्लब अफ क्वीन्स नेप्लिजका अध्यक्ष लायन अच्युत सिग्देलले आफ्नो मन्तब्य राख्ने क्रममा “बच्चाहरूको सहभागिता र उनीहरूको सक्षमताको प्रसंसा गर्दै उनीहरूलाई अन्य कार्यक्रमहरूमा पनि सहभागि गराउदै लैजाने कुरा ब्यक्त गर्नु भएको थियो” ।

लायन्स क्लव क्विन्स केटिएमकी अध्यक्ष लायन रश्मि श्रेष्ठले समाजमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने र आफुहरू यस्ता कार्यक्रम गरि विद्यार्थी भाई बहिनीहरूलाई नेपाल र नेपाली संस्कार र सस्कृति सगं जोडिरहने कुरा बताउनु भएकी थिईन् ।

क्विन्स बुद्धका अध्यक्ष लायन दीपक राज घिमिरेले बच्चाहरूलाई हरेक महिना जसो नयां-नयां विषयमा यसरीनै नयां विषयका कुरा सिकाउदै बच्चाहरुको नेतृत्व र व्यक्तित्व विकासमा योगदान समेत पुर्याउन आफुहरू लागिरहने कुरा जनाउनु ब्यक्त गर्नु भयो ।

सहभागि सम्पुर्ण विद्यार्थीहरूलाई सहभागिताको र उत्कृठ हुन सफल विद्यार्थीहरूको पुरस्कार आगामी महिना हुन लागेको बृहत लियो चार्टर्ड नाईटमा नेपाली क्लवहरूको नयॅा नेतृ्त्वको स्थापना सॅाझ कार्यक्रममा प्रदान गरिने कुरा लायन बेगम पण्डितले जानकारी गराउनु भयो ।
