Banner

न्युयोर्क शहरमा नेपाली झण्डा फहराईने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा नेपाली झण्डा (झण्डोत्तोलन) फहराईने भएको छ । 

न्युयोर्क मेयर कार्यालयको मुख्य आयोजनामा आगामी सेप्टेम्बर २०,२०२३ (September 20,2023) बिहान ९ः०० (9:00am) बजे नेपालको संबिधान तथा राष्ट्रिय दिबसको दिनलाई अवसर पारी न्युयोर्कको म्यानह्याट्टन शहर स्थित बोवलिंग ग्रिन पार्क ( Bowling Green Park) मा नेपाल र अमेरिकाको राष्ट्रिय झण्डा संयुक्तरुपमा फहराईने भएको छ । 

माईनोरिटी ईम्पावर नेटवर्क (Minority Empower Network) को बिशेष पहल, न्युयोर्कमा स्थापित नेपाली संघ-संस्थाहरुको सहयोग, सहकार्य र न्युयोर्क शहरको मेयर कार्यालयको प्रमुख आयोजनामा उक्त दिन अमेरिका र नेपालको राष्ट्रिय झण्डा संगसंगै फहराउने भएको हो ।

गत शनिबार सेप्टेम्बर १० सॅाझ न्युयोर्कको क्विन्स स्थित थकाली भान्छा घरमा सम्पन्न “प्रेस मिट”मा बोल्दै गैर आवासिय नेपाली संघ, अमेरिकाका पुर्ब अध्यक्ष तथा बरिष्ठ अधिबक्ता खगेन्द्र जिसीले नेपाली राष्ट्रिय झण्डा न्युयोर्कको म्याहट्टनमा फहराईनु भनेको हामी सम्पुर्ण नेपालीहरुको लागी गौरबको कुरा हो, त्यसैले न्युयोर्कमा स्थापित सम्पुर्ण संघ-संस्था एक भएर कार्यक्रम सफल बनाउनमा सहयोग पुर्याउन जरुरी छ, भन्ने कुरा ब्यक्त गर्नुभएका थिय । 

प्रेस मिटमा बोल्दै न्युयोर्क स्थित नेपाली महाबाणिज्य दुतावासको कार्यालयका महाबाणिज्यदुत बिष्णु गौत्तमले न्युयोर्कमा नेपाली झण्डा फहराईने कुरा भनेको निकै महत्वपुर्ण र सारा नेपालीको गौरबको कुरा हो, यो कार्य सफलताको लागी नेपाल सरकारको तर्फबाट हाम्रो कार्यालयबाट जस्तोसुकै सहयोग पुर्याउन तयार रहेको कुरा ब्यक्त गर्नु भएको थियो । 

माईनोरिटी ईम्पावर नेटवर्क (Minority Empower Network) का अध्यक्ष श्याम कार्कीले यस् पबित्र कार्यमा सहयोग पुर्याउनु भएका सम्पुर्णलाई बिशेष धन्यबाद दिदै प्रेस मिट कार्यक्रममा न्युयोर्कका ३४ संस्थाहरुमात्र आकस्मिक रुपमा जोडिएकोले अन्य सम्पुर्ण संघ-संस्थाहरुलाई पनि सहयोगी बनिदिन आग्रह गर्नुभएको छ ।

नेपाली राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा न्युयोर्क स्थानिय सरकार, मेयरको कार्यालय र नेपाली संस्था बिचको सम्बन्ध बिस्तार र सम्पुर्ण कागजी प्रकृयामा महत्वपुर्ण भुमिका निभाउनु भएकी युवा अभियन्ता तथा नेटवर्ककी कार्यकारी निर्देशक श्रीया तुलाधारले न्युयोर्कमा राष्ट्रिय झण्डा फहराउने कुरा सफल हुने भएपछी आफ्नो समुहले लामो समय देखि गरेको कडा परिश्रमको फल प्राप्त हुने भएपछी खुशि ब्यक्त गर्दै सबैलाई यस् राम्रो कार्यमा सहयोग पुर्याउन समेत अपिल गर्नुभएकी थिईन् । 

नेटवर्कका सचिब तथा तामांग सोसाईटी अफ अमेरिकाका पुर्बअध्यक्ष छेमान्ग लामाले अबको समय भनेको नयॅा पुस्तालाई अमेरिकी राजनितीको मुलधारमा अगाडी बढाउने हो, जस्ले अमेरिका जस्तो बिकसित र ठुला राष्ट्रमा हामि जस्तो सानो संख्यामा रहेको नेपाली समुदायको हक र अधिकारको लागी वकालत गर्न सक्नु हो, भन्ने कुरा ब्यक्त गर्नभएका थिय । 

Loading...