Banner

न्युयोर्कमा ३ दिन देखि सफलता पुर्बक प्रदर्शन हुदै “नांगो गाउॅ”

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली कथानक चलचित्र “नांगो गाउॅ” ३ दिन देखि न्युयोर्कमा सफलता पुर्बक प्रदर्शन भईरहेको छ । 

नेपाल११ ईन्टरटेन्मेन्टको संयोजनमा अमेरिका भरी प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘नांगो गाउॅ’को गत शुक्रबार देखि न्युयोर्क स्थित भिल्लेज ईष्ट बाई एन्जेलिका थिएटर (Village East by Angelica, 181-189 2nd Avenue, New York 10003) मा सफलता पुर्बक प्रदर्शन भईरहेको छ । 

नेपाल११ ईन्टरटेन्मेन्टका  सिईओ तथा बितरक प्याट्रिक सुबेदी बताउछन् “संयुक्त राज्य अमेरिका र क्यानाडामा यस् चलचित्रको प्रदर्शन र बितरणको जिम्मा हामीले लिएका हौ, प्राय हामी आफै थिएटर र स्थानिय आयोजकको सहकार्यमा चलचित्र प्रदर्शन गर्छौ” 

गत सेप्टेम्बर १५, शुक्रबार देखि प्रदर्शन भईरहेको “नांगो गाउॅ” सेप्टेम्बर २१ बिहिबार सम्म रहनेछ । शुक्रबार देखि बुधबार सम्म रात्री ७:०० बजेको १-१ शो मात्र प्रदर्शन हुनेछ भने बिहिबार अन्तिम दिन भने दिनको १:०० बजे, ४:०० बजे र रात्री ७:०० बजे गरी ३ शो प्रदर्शन हुनेछ । 

दयाहांग राई, साम्राज्ञी शाह, मिरुना मगर, कर्मा र बु्द्धी तामांग स्टारडम चलचित्र हेरेर फर्केका न्युयोर्कका दर्शक बताउछन् “चलचित्र एकदमै रमाईलो पारामा अहिलेको राजनिती परिबेशलाई चित्रण गरिएको छ, र सबैले एक पटक हेर्नै पर्ने चलचित्र हो” 

न्युयोर्कमा चलचित्र प्रदर्शनको संयोजन भने ड्रिम्स युनिभर्सल एलएलसीले गरेका हुन् ।

Loading...