
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यूईंगल्याण्ड च्याप्टरको ग्रिष्मकालिन वनभोज सम्पन्न।
मकै हाउस टिभी एण्ड न्युज,
न्युह्याम्सायर । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

गत २० आगष्ट २०२३ आईतवारका दिन संस्थाका सदस्यहरु तथा आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा न्यू ह्यम्पसायर राज्यको न्यु क्यास्टल सिटीमा पर्ने आन्द्रा महासागरको किनारमा अवस्थित ग्रेट आईल्याण्ड कमन पार्कमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित भव्य रूपमा सम्पन्न हुदा उक्त वनभोज कार्यक्रममा म्यासाचुसेट्स र न्यूहाम्सायर राज्यमा वसोवास गर्ने किरात राई परिवारहरु र आमन्त्रित पहुनाहरू सहित १५० जनाको सहभागिता रहेको थियो।

वनभोजमा संस्थाका संस्थापक अध्यक्ष, फिप्ना तथा NRNA, NCC of America का पूर्व अध्यक्ष तथा न्यूहाम्सायर राज्यका लागी नेपाल सरकारको सद्भावना दुत शिव कुमार राई, पूर्व केन्द्रिय अध्यक्ष तथा साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु राई, कानुनी सल्लाहकार सुरेश चाम्लिड्ग राई, सॉस्कृतिक संयोजक लक्ष्मी कुमार राई, संस्थाका वरिष्ट सदस्य/ खडिमान राई, ठाकुर सिं. लिङ्गथेप, अन्तराष्ट्रिय साहित्य समाज म्यासाचुसेट् च्यप्टरका अध्यक्ष दिपा राई पून, न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा तथा पूर्व अध्यक्ष मिन गौतम र गुरूड्ग समाज न्यूह्याम्सायरका प्रतिनिधी सदस्य यम घले लगायतका आमन्त्रित पाहुनाहरुको उपस्थिती रहेको थियो।

हरेक वर्ष विध्यार्थी भाइवहिनीहरूको गृष्मकालिन लामो विदाको उत्तरार्धमा आयोजना गरिने यस वनभोजले एकआपसमा बन्धुत्व र मित्रताको भावनालाई मजवुद बनाउन सहयोगी हुने विश्वासका साथ UKROA ले निरन्तर रुपमा सन् २०१६ देखी “UKROA Family Summer picnic“ आयोजना गर्दै आईरहेको च्याप्टरका अध्यक्ष कर्ण ब़ राईले बताएका थिए।च्याप्टर अध्यक्ष राईले संस्थामा आवद्धहुन आउनुभएका नयां सदस्यहरू र पारिवारिक भ्रमणका शिलसिलामा यहाँ अमेरिकामा रहनुभएका पाहुनाहरु कृष्ण ब. राई, शान्ती राई, देवल राई, चन्द्र देवी राई, क्षितिज राई, गंगा राई, गंगा खत्री, बिमला राई र जय कुमारी राईलाई संस्थाको तर्फबाट खदा लगाई औपचारिक रुपमा स्वागत तथा सम्मान गरेका थिए।भने नव आगन्तुक सदस्यहरु र पाहुनहरूले सामुहिकरुपमा “Welcome” केक काटेका थिए। च्याप्टर अध्यक्ष राई तथा वहाकी धर्मपत्नि सविना खड्का राईले सन् २०२३-२०२५ कार्यकालका लागी न्यूहाम्सायर नेपाली समाजको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भई कार्यकाल प्रारम्भ् गर्नुभएका अध्यक्ष लाक्पा शेर्पा र वहाकी धर्मपत्नि छम्जि टासी शेर्पालाई खदा र पुष्पगुच्छा प्रदान गर्दै सिङ्गो UKROA संस्थाको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

स्वागत तथा सम्मान् ग्रहण गर्नुहुने पाहुनाहरूको तर्फबाट किरात राई यायोख्खा मकवानपुर अध्यक्ष कृष्ण ब. राईले UKROA ले गरेको स्वागत र उच्च सम्मानको निम्ति सधन्यवाद दिनु हुदै, हामी तीन चुला र प्रकृति पुजक किरातीहरु विश्वको जुनसुकै ठाउमा पुगेपनि आफ्नो घर्म/संस्कृति जोगाउन संवेदनशिल भएर लागिपरिरहेको देख्दा अगाध खुसी लाग्ने विचार व्यक्त गरेका थिए।त्यस्तैगरि अर्का पाहुना किराया मकवनपुरका पूर्व अध्यक्ष देवल राईले संस्थाको उन्नति र प्रगतिको कामना गरेका थिए।UKROA का पूर्व अध्यक्ष तथा साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्ध्दन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राईले किरातहरुले आत्मसाथ गरेको मुन्धुमी शक्तिको उदगम थलो तथा पवित्र तिर्थस्थल साल्पा सिलिचुङ्गको महत्व र यसको संरक्षणको निम्ति साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्ध्दन केन्द्र अन्तराष्ट्रिय समितिले विश्वभर रहनु भएका समस्त किरांत राईहरूबाट भइरहेका काम र प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो।

न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले सम्मान र सदभावको निम्ति UKROA प्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए।

संधै झैं, यस वर्षको बनभोजमा पनि पोर्क र चिकेनको BBQ सहित बिभिन्न मिष्ठान्न खानाहरुका साथमा परम्परागत किराती परिकार “किनिमा र रायोको साग” पनि सर्भ गरिएको थियो । दिवा खाना पछि बनभोजलाई स्मरणिय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले BINGO खेल रोचक ढंगले संचालन गरेका थिए। विजेताहरूलाई पुरस्कार प्रदान गर्दै अध्यक्ष कर्ण ब. राईले वनभोजमा मिठा-मिठा परिकारहरू तयार पार्नुहुने प्रेमा गुरूङग् राई, भोज कुमारी राई, प्रमिला राई, शोभा राई, कमला राई, भक्ति शिला लिङ्गथेप, सुमिता राई, विशेष सेफ केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी र च्यप्टर वोर्ड सदस्य यूवराज राई लगायत स्पटमा खट्नु हुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष तथा गायक चन्द्र कुमार राईले सांगितिक प्रस्तुति दिदै सम्पूर्ण सहभागीहरूलाई एट्लाण्टिक ओसनको किनारमा वेजोडका साथ सामहिक नृत्य गराई मनोरञ्जन दिलाउनु भएको थियो।स्वगत तथा सम्मान कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र मनोरन्जानात्मक खेलहरूको संचालन च्याप्टर सचिव राकेश राईले गरेका थिए।