
न्युयोर्क राज्य सभा सदस्य माननिय जेनिफर राजकुमार द्वारा ६ नेपाली महिला सम्मानित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्क राज्यकी बिधानसभा सदस्य माननिय जेनिफर राजकुमारले न्युयोर्कमा रहि बिभिन्न बिधामा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको हो ।

गत सेप्टेम्बर १६, शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको हलमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, अमेरिका, न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न ‘तिज बिशेष’ कार्यक्रममा हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा माननिय जेनिफर राजकुमारले न्युयोर्कमा रहि बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याएका ६ जना नेपाली महिलालाई सम्मान गरेको हो ।


सम्मानित हुनेहरुमा गैर आवासिय नेपाली संघ, रासप, अमेरिका, न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा (सामाजिक योगदान), तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता देवी गुरुंग (सामाजिक योगदान), तामांग समाज अमेरिकाकी अध्यक्ष बिनिता तामांग (सामाजिक योगदान), मिनि नेपाल ईन अमेरिका अनलाईन टिभीकी संस्थापक सुनिता शर्मा कोईराला (पत्रकारीता योगदान), गैर आवासिय नेपाली संघ, रासप, अमेरिका, न्युयोर्क च्याप्टरकी महिला सचिब गिता अधिकारी (सामाजिक योगदान), रजिष्टर्ड नर्स निशा शर्मा (स्वास्थ्य)लाई माननिय राजकुमारले आफैले सम्पुर्ण सम्मानित महिलाहरुलाई नाम लिई बोलाउनु भएको थियो ।

उक्त सम्मान कार्यक्रम माननिय राजकुमार संगै गैर आवासिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन मल्ल, नेपाली महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका का.वा. महाबाणिज्यदुत बिष्णु गौत्तम, गैर आवासिय संघ, अन्तराष्ट्रिय समन्व परिषदकी उपाध्यक्ष डा. बिष्णु माया परियार, गिरिजा प्रसाद कोईराला फाउण्डेसन, अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले संयुक्तरुपमा सम्मान हस्तान्तरण गर्नु भएको थियो ।

उक्त ‘तिज बिशेष’ कार्यक्रममा महिलाको साथै पुरुषहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । बिभिन्न समुदायलाई प्रतिनिधित्व गरेर आउनु भएका महिलाहरुले नेपाली कला, संस्कार र परम्परा झल्किने खालको पहिरन पहिरिनुको साथै नेपाली परम्परागत बाजा समेत लिएर आई रमाईलो गर्नुभएको थियो ।

“तिज बिशेष” कार्यक्रममा न्युयोर्ककी चर्चित नृत्यंगना तथा गायिका बसन्ती राई र महिला युवा अधिकारकर्मी चमेली परियारले बिशेष नृत्य प्रदर्शन गर्नु भएको थियो ।