Banner

द गुरुङ (तमु) सोसाईटी,न्युयोर्कको नयॅा नेतृत्वमा ओम ब. गुरुंग

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । हिजो शनिबार न्युयोर्कमा सम्पन्न द गुरुंग तमु सोसाईटी,न्युयोर्कको महाधिबेशनले नयॅा नेतृत्वमा ओम बहादुर गुरुङलाई चयन गरेको छ ।

न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवाको हलमा हिजो शनिबार सेप्टेम्बर २३, दिनको १:०० बजेबाट शुरु भएको सोसाईटीको १२औ महाधिबेशनले सोसाईटीको नयॅा अध्यक्षमा ओम बहादुर गुरुङलाई सर्बसम्मत चयन गरेको हो । 

गौत्तम गुरुंग संयोजकत्व निर्बाचन समितीको सदस्यमा मेख गुरुङ र टेक गुरुङ हुनुहुन्थ्यो । उक्त टोलीले १२ औ महाधिबेशनका सम्पुर्ण पदाधिकारीहरुलाई सर्बसम्मत बिभिन्न पदमा चयन भएको घोषणा गरेका थिए । नयॅा अध्यक्ष ओम गुरुङको नेतृत्वमा निर्माण भएको नयॅा कार्यसमितीको उपाध्यक्ष पदमा एलिशा गुरुङ, सचिब पदमा मच्छे देवी गुरुङ, सह-सचिब पदमा बिजय गुरुङ, कोषाध्यक्ष पदमा अंजित गुरुङ र सह-कोषाध्यक्ष पदमा करुणा (बब्बी)गुरुङ चयन भएका हुन् ।

भने बोर्ड सदस्यहरुमा लिल बहादुर गुरुङ, भक्त गुरुङ, गोमा कुमारी गुरुङ, बिन्दु गुरुङ, भिम गुरुङ, बुद्धी गुरुङ, सागर गुरुङ, अबिशेक गुरुङ, हिरालाल गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, अर्जुन गुरुङ अशोक गुरुङ, नबिन गुरुङ र केबिन गुरुङ चयन हुदै २१ सदस्यिय टोली निर्माण भएको हो । 

 

 

Loading...