
नेपाल कराते महासंघ मधेश प्रदेश रेफ्री काउन्सिलको संयोजकमा चित्र ब. पुलामी
मकै हाउस टिभी एण्ड न्युज,
सर्लाही । नेपाल कराते महासंघ मधेश प्रदेश निर्णायक (रेफ्री काउन्सिल) समिति संयोजकमा बरिष्ठ कराते प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामीलाई सिफारिस गरिएको छ ।

गत असोज ६, शनिबारका दिन नेपाल कराते महासंघ मधेश प्रदेशको धनुषा, धारापानिमा सन्पन्न तेस्रो बैठकबाट चित्र बहादुर पुलामीलाई महासंघको मधेश प्रदेशको निर्णायक समिति(रेफ्री काउन्सिल)को संयोजक पदमा सिफारिस गरिएको हो ।


सम्पन्न भएको उक्त बैठकले पुलामीलाई संयोजक र उमेश गुरुङलाई उप-संयोजक, दुर्गा धामीलाई सचिब, बिरेन्द्र लाल कर्णलाई सह-सचिब र नर बहादुर थापा, राम पुनित महतो, संतोष सिंह दर्लामी, अमित भुलोन, सानोबाबु कुर्मी, बिधराज पटेल, राज कुमार साहलाई सदस्य पदमा सिफारिस गरिएको हो ।
