Banner

कास्की, हेम्जाका अजय न्युयोर्कमा आफ्नै कोठामा मृत फेला

 

मकै हाउस टिभी एण्ड न्युज, टिका ढकाल

न्युयोर्क । कस्की, हेम्जाका एक युवक न्युयोर्क स्थित आफ्नै कोठामा मृत फेला परेको छ । 

गत सेप्टेम्बर २१,२०२३, बिहीबार नेपाल घर कास्की, हेम्जाका अजय कॅुवर रात्री शिफ्टको काम सकेर आई शुक्रबार बिहान आफ्नो कोठामा सुतेका थिए । संगै बस्ने साथी सरोज खड्का दिउसोको काम सकि कोठामा फर्किदा अजयलाई र्याल काढेको अवस्थामा देखेपछी तुरुन्तै ९११ डायल गरी स्थानिय प्रहरी र स्वास्थ्य टोली डाकेका थिए । प्रहरी र स्वास्थ्य टोलीले उनलाई एकै छिन स्वास्थ्य परिक्षण गरिसकेपछी मृत घोषणा गरेका थिए । 

न्युयोर्कको लंगआईल्यान्ड स्थित हिक्सभिलमा बिगत ५ बर्ष देखि बस्दै आएका थिए अजय कॅुवर । कॅुवरको शब अहिले अस्पतालमा पोष्टमार्टमको लागी राखिएको र अजयका बुवा आमाले शव नेपाल पठाउन आग्रह गरेपछी अहिले नेपाल पठाउने  तयारीमा जुटेका  हेम्जा वेलफेयर सोसाईटीका अध्यक्ष निरज सापकोटाले जानकारी दिए । 

अजय कॅुवरको २५ बर्षको उमेरमा निधन भएको हो । 

Loading...