Banner

राष्ट्रिय फुटबल टोलीका स्ट्राईकर बिमल घर्ती मगर भबिष्यको खोजिमा अस्ट्रेलिया प्रस्थान

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राईकर बीमल घर्ती मगर पनि भबिष्यको खोजिमा अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

नेपालमा खेल खेलेर आफ्नो भबिष्य सुरक्षित नहुने देखे पछी खेलाडीहरु बिदेशीने क्रम तिब्र गतिमा बढेको छ । आफ्नो सुरक्षित भविष्य खोज्ने क्रममा अस्ट्रेलियालाई गन्तब्य बनाई बिदेशिने अर्को खेलाडीको सूचीमा स्ट्राईकर विमल घर्तिमगर पनि थपिएका छन्।

 

आज शुक्रबार बिमल भबिष्यको खोजिमा अस्ट्रेलिया गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए।

सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बन्दै हाल सम्म राष्ट्रिय टोलिका लागी १० गोल गरिसकेका छन् । 

 

Loading...