Banner

अभिनेता अनमोल केसी आपराधिक विश्वासघातको कसुरमा पक्राऊ

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट पक्राउ गरेको छ । 

सुदर्शन थापा प्रोडक्सन प्रालिको निर्माणमा बन्न लागेको नेपाली चलचित्र “रावायण”मा मुख्य भुमिकामा खेल्ने बाचा सहित रु.१० लाख बैंक ट्रान्सफरमार्फत लिएका थिए । तर, पछि फिल्म खेल्न नमाने पछी बिबाद चर्केकको थियो । 

फिल्म निर्माण पक्षको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले फिल्ममा भएको विवादलाई लिएर अभिनेता केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी गर्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अभिनेता अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी गरेको थियो ।  प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा लिईएको हो । 

Loading...