
धार्मिक सदभाव भड्काउने अभिव्यक्ति दिएका आचार्य श्रीनिवास पक्राउ
मकै हाउस टिभी एण्ड न्युज, भिम लामा
काठमाडौं । पूर्वमा धार्मिक सदभाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न सुनसरी प्रहरी टोली मंगलबार सुनसरीको चक्रघट्टी पुगेको थियो ।


विगत पनि विवादास्पद रहेका उनले यसपटक पनि उनले उत्तेजक भाषण दिएका थिए । जुन भाषण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा पुष्टि गरेका छन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।
