
प्यालेस्टाईनको आक्रमणबाट ईजरायलमा रहेका १० नेपाली बिधार्थीको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । प्यालेस्टाईनी विद्रोही समूह हमास द्वारा ईजरायलमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।


सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि ईजरायल गएका थिए ।

ईजरायलका लागी नेपाली राजदुतावासको कार्यालयले जनाए अनुसार किबुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । घाइते विद्यार्थीलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेको तर जुन सफल हुन नसकेको बताएको छ ।मृतक सम्पुर्ण बिधार्थीहरुको नाम सहित छिट्टै सार्बजनिक गर्ने जनाएका छन् ।

शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सोही क्रममा १० जनाको घटना स्थलमै मृत्यु भएको र १७ जना मध्ये चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।
