Banner

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 
 काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुको समुहले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२ः ४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुको समुहले कालोमोसो दलेका हुन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

Loading...