
अनाथ बालबालिका सहयोगार्थ न्युयोर्कमा “राधा” चलचित्र प्रदर्शन हुने भएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अनाथ बालबालिकाको सहोगार्थको निमित्त नेपाली चलचित्र “राधा” प्रदर्शन हुने भएको छ ।

ईन्सपाएर नोबल फाउण्डेशन न्युयोर्क र लायन्स क्लब अफ क्विन्स बुद्धको संयुक्त सहकार्यमा आगामी अक्टोबर १५,२०२३ (October 15,2023- Sunday) आईतबारका दिन १२:०० बजेको १ शो न्युयोर्कको क्विन्स स्थित जमैका मल्टिप्लेक्स सिनेमा (Jamaica Multiplex Cinemas, 15902 Jamaica Ave. Jamaica, NY 11432, Auditorium #15) हलमा प्रदर्शन हुने भएको हो ।

चलचित्र प्रदर्शन ब्यवसायिक हिसाबले भन्दा पनि नेपालमा अनाथ बालबालिकाहरुको शिक्षा र दैनिक जिबिकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले गर्न लागिएको फाउन्डेशनका अध्यक्ष तथा बरिष्ठ चलचित्र द्वन्द्व निर्देशक तथा चलचित्र निर्देशक चन्द्र पन्तले बताउनु भएको छ ।

चलचित्र प्रदर्शनबाट मुनाफा भएको सम्पुर्ण रकम नेपाल स्थित अनाथालयको माध्ययमबाट अनाथ बालबालिकाको शिक्षा र अन्य कुरामा खर्च गरिने छ ।

