
हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको अध्यक्षमा बिरेन्द्र जंग केसी चयन
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टरको दोश्रो अधिबेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ ।

गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न अधिबेशनले अध्यक्षमा पदमा बिरेन्द्र जंग केसीलाई सर्बसम्मत चयन गरेको हो ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यता, न्युयोर्क च्याप्टरका निबर्तमान अध्यक्ष ध्रुब कॅुवरको सभापतित्व, हामी नेपाली ग्लोबलका प्रबक्ता केशब राम राई र हामी नेपाली ग्लोबल, अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसीको बिशिष्ट आतिथ्यतामा संस्थाको न्युयोर्क च्याप्टरको दोस्रो अधिबेशन सुरु भएको थियो ।


सुमन थाम्साहांग लिम्बुले औपचारिकता गरेको अधिबेशनले अध्यक्षमा बिरेन्द्र जंग केसी संगै सर्बसम्मत बरिष्ठ उपाध्यक्ष पदमा बसन्ती राई, दोस्रो उपाध्यक्ष पदमा सुवर्ण शाक्य, तेस्रो उपाध्यक्ष पदमा जोसिका माथिक, महासचिब पदमा शान्ति जिरेल, सचिब पदमा सोनिया तामांग, कोषाध्यक्ष पदमा सेन्थुन लामा, सह-कोषाध्यक्ष पदमा लेखनाथ पौडेल र सदस्यहरुमा बिमा कुमारी दुरा, पासांग नोर्बु शेर्पा, महादेब त्रिपाठी, दिनेश सुनार, छिरिंग शेर्पा, अमर अनुराग, अजय कुमार शाह, मनोज बुढा मगर, सुरेन लामा, निमा सोनम शेर्पा, कर्म लामा, निमा शेर्पा, लक्ष्मी थापा कार्की, सरोज तिमिल्सिना र अकिन्द्र केसीलाई चयन गरेको हो ।
