
बिराटनगर र न्युयोर्कका मेयर बिच भेट : नगर बिकास छलफलका साथै नेपाल भ्रमणको निम्तो
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिका, न्युयोर्क शहरका र मेयर र नेपाल, बिराटनगर महानगरपालिकाका मेयर बिच भेटबार्ता सम्पन्न भएको छ ।

हिजो अक्टोबर ११,२०२३ बुधबारका दिन न्युयोर्क शहरका मेयर एरिक आडम्सको कार्यालयमा बिराटनगर महानगरपालिकाका मेयर नगेस कोईराला बिच भेटबार्ता भएको छ । ४५ मिनेट लामो चलेको भेटबार्तामा बिराटनगर महानगरपालिकाका मेयर कोईरालाले आफ्नो नगरमा शिक्षाको स्थिती र एस्को बिकास, नगरमा बाढीको समस्या र उस्तै प्रकृतीको न्युयोर्क शहरमा पनि समस्या देखिएकाले संयुक्त प्रयासमा एस्को दिर्घकालिन समाधानको बाटो, न्युयोर्क संसारभरकै मानिसहरुको बसोबासको कर्मथलो भएकोले बहुभाषी र अन्तराष्ट्रिय सांस्कृतिक आदानप्रदान (कल्चर एक्सचेन्ज) कार्यक्रमको माध्ययमबाट नेपाल र अमेरिका बिचको सम्बन्ध कसरी सुमधुर र दिर्घकालिन बनाउन सकिन्छ भन्ने प्रस्तावबारे छलफल भएको कुरा मकै हाउस टिभी एण्ड न्युजलाई बताउनु भयो ।

छलफलको अन्त्यमा मेयर कोईरालाले बिभिन्न महत्वपुर्ण बिषयमा तयार पारिएको पत्र बुझाउदै मेयर एरिक आडम्सलाई बिराटनगर महानगरपालिका र नेपाल भ्रमणको निम्तो समेत गर्नु भएको छ ।

मेयर आडम्स र मेयर कोईराला बिच भेटबार्ताको बातावरण भने गिरिजा प्रसाई कोईराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले मिलाउनु भएको हो ।

मेयर आडम्स संगको भेटबार्ता कार्यक्रममा मेयर कोईराला संगै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुङ, तामांग समाज अमेरिकाका निबर्तमान अध्यक्ष बिनिता तामांग, समाजसेवीद्वय ध्रुब कुवॅर, सुर्य सिम्खडा, सुवर्ण लामा लगाएत सहभागी हुनुभएका थिए ।

भेटघाट कार्यक्रममा मेयर कोईरालाले मेयर आडम्सलाई नेपाली पोषाक दौरा सुरुवाल र ढाका टोपी पहिराएर सम्मान समेत ब्यक्त गर्नु भएको थियो । भने उक्त भेटघाट कार्यक्रममा मेयर आडम्स संगै न्युयोर्क राज्य बिधान सभा सदस्य माननिय जोनिफर राजकुमार संग पनि भेटघाट भएको थियो ।

