Banner

संदिप लामिछानेले आगामी खेलबाट ब्रेक लिएका छन्, परिवारलाई समय दिने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । क्रिकेटर संदिप लामिछानेले आगामी प्रतियोगिताहरुबाट ब्रेक लिने भएका छन् । परिवारलाई केही समय दिने बताएका छन् । 

क्रिकेटर संदिप लामिछानेले २० घण्टा अगाडी आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बताएका छन् “भारी हृदयका साथ, मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु, म जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनरुत्थान गर्न आवश्यक छ र परिवारलाई समय दिन आबश्यक महसुस गरेको छु । मैले अहिलेसम्म पाएका आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद, हामी आगामी भेट नहुन्जेल सम्मको लागी” 

Loading...