Banner

न्युयोर्कको साउथ ओजन पार्कबाट एक नेपाली आमा बेपत्ता

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्क, क्विन्सको साउथ ओजन पार्कबाट एक जना नेपाली आमा बेपत्ता हुनुभएको छ । 

आज अक्टोबर १३,२०२३ शुक्रबार बिहान ८:०० बजे तिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईको घर १०९-५३ लेफर्ट्स ब्लुभर्डबाट घर नजिकैको पब्लिक स्कुल १०० (PS100) क्षेत्रमा मर्निंग वाल्कमा निस्कनु भएको आमा घर फर्कने क्रममा हराउनु भएको हो । 

उमेर ६८ बर्ष, निर्मला मैनाली नामकी नेपाली आमा हराउनु भएको हो । १७ बर्ष अघि अमेरिका आउनु भएकी आमा केही बर्ष जेठी छोरी ज्वाईको घर भर्जिनियामा १० बर्षको बसाई पछी अर्कन्सास, लिट्टलरकमा छोरा निशब मैनाली र उहॅाको परिबार संगै ७ बर्ष देखि बसोबास गर्दै आउनु भएकी आमा न्युयोर्क ३ दिन पहिले मात्र कान्छी छोरी, ज्वाई र नातिनतिनालाई भेटघाट गर्न आउनु भएको कुरा ज्वाई सन्तोष पराजुलीले बताउनु भयो । 

बिहान ८:०० बजे मर्निंग वाल्क जान्छु भनि निस्कनु भएपछी बेलुकाको ४:०० बजे सम्म पनि घर नफर्कनु भएपछी खोजि कार्य गर्नुभएको हो । खोजि कार्य गर्नेक्रममा स्थानिय प्रहरी प्रशासन, अस्पताल र सार्बजनिक सहयोग कक्षहरु समक्ष पनि जानकारी गराईसक्नुभएको पनि ज्वाई संतोषले जानकारी गराउनु भयो । 

तस्बिरमा देखिएको आमा तपाईहरुले पनि कहिकतै देख्नुभएमा उहॅालाई सुरक्षित उद्दार गरी मनिक्षा मैनाली वा संतोष पराजुली (347) 771-0057, भरत पुरी 347.586.7127 वा सुमन राउतलाई (929) 302-9866 सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । 

 

Loading...