
बेपत्ता नेपाली आमा अन्तिम पटक न्युयोर्कको १११ ब्लभडमा देखा परेको छ: अझै खोजी जारी
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हिजो बिहान देखि बेपत्ता हुनुभएकी नेपाली आमा भिडियो फुटेजमा देखा पर्नु भएको छ ।
६८ बर्षिया नेपाली आमा निर्मला मैनाली गत अक्टोबर १३, शुक्रबार ओजन पार्क स्थित छोरी ज्वाईको घरबाट बिहान ८:०० बजे मर्निंग वाल्कमा निस्किनु भएकी र निकै अबेर सम्म घर नफर्कनु भएपछी परिवारको सदस्यले खोजि कार्य शुरु गरेको थियो ।

हराईरहनु भएकी आमालाई अन्तिम पटक सिसि क्यामेरा भिडियो मार्फत न्युयोर्कको क्विन्स, साउथ ओजन पार्कको १११ ब्लभर्ड बाट लेफर्ट्स ब्लभर्ड हुदै १२४ स्ट्रिट तर्फ गईरहेको देखिएको उहॅाकी बुहारी जेनिफर मैनालीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।



