
बाग्लुङ सेवा समाज अमेरिकाको दशै शुभकामना तथा सांस्कृतिक कार्यक्रम हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अमेरिकामा बसोबास गर्ने बाग्लुङ बासि नेपाली अमेरिकनहरुको छाता संगठन बाग्लुङ समाज सेवा, अमेरिकाले दशै शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

समाजले आगामी अक्टोबर २८,२०२३ शनिबार, न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको हलमा सॅाझ ५:०० बजे बाट उक्त “दशै शुभकामना आदान-प्रदान तथा बिबिध सांस्कृतिक” कार्यक्रम हुन लागेको हो ।

समाजले उक्त दिन पाल्नुहुने अतिथी माझ एक आपसमा सामाजिक सद्भाव, भाईचारा र आफ्नोत्वको संस्कारमा टेवा पुगोस् र प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृती र परम्पराको जगेर्नाको साथै यस्को निरन्तरताको लागी उक्त दिन सामाजिक सद्भाबको निमित्त अतिथी बिच शुभकामना आदान प्रदान, बिभिन्न नेपाली खानाको परिकारको साथै बिबिध सांस्कृतिक कार्यक्रम हुने कुरा समाजका महासचिब कृष्ण (कृष) सुबेदीले जानकारी गराउनु भएको हो ।

