
दशै तिहार नाईट, न्युयोर्कमा अस्मिता अधिकारी र हर्कुलस बस्नेतले पहिलो पटक प्रस्तुती दिदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायक हर्कुलस बस्नेत र गायिका अस्मिता अधिकारीले पहिलो पटक न्युयोर्कमा आफ्नो प्रस्तुती दिदैछन् ।

बुद्ध ट्याक्स एण्ड एकाण्टिंग र ओकावा एशियन कुजिनको संयुक्त प्रस्तुतीमा आगामी नोभेम्बर ३, २०२३ (शुक्रबार) (November 3.2023- Friday) न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा सॅाझ १०:०० बजे देखि बिहानको ४:०० बजे (10:00pm – 4:00am) सम्म दशै तिहार ईभेन्ट हुने भएको हो ।

गायक हर्कुलस बस्नेत र गायिका अस्मिता अधिकारी पहिलो पटक आफ्नो प्रस्तुती लिएर अमेरीका सांगितिक भ्रमणको लागी आउने भएको हो । यसै क्रममा न्युयोर्कमा हुने उक्त सांगितीक ईभेन्टमा दुबैले आ-आफ्नो बेजोड प्रस्तुतीले न्युयोर्क तताउने भएको छ ।
गायक हर्कुलस बस्नेत बिगत १ दशक देखि नेपाली सांगितिक क्षेत्रमा राज गरेका गायक तथा संगितकार हुन् । गायक बस्नेतले गायका गितहरु ‘उडायो हावाले’ जेरी फिल्मको ‘मेरो मन’ “के यो माय हो”, ‘माया संयार’ लगाएत गितहरु निकै हिट छन् ।

गायिका अस्मिता अधिकारी नेपाल आईडल सिजन २को टप ३ मा परेपछी चर्चाको शिखर चुमेकी गायिका हुन् । अधिकारीले नेपाल आईडल लगत्तै गाएको “तिम्रो मायाले बाधेर राख” गित निकै नै हिट भएको थियो जस्लाई युट्युबमा मात्र २ करोड २० लाख पटक सुनिएको र हेरिएको थियो । त्यसपछी “रम रम भरौटी”, “लज्जावती झार जस्तै लजाउछेउ” “दर्शन सलाम” “साली मन पर्यो” लगाएत सम्पुर्ण हिट-हिट गितमा स्वर दिसकेकी छिन् ।
अब भने यि दुई स्वर संगै गुनगुनाउन र नाच्नको लागी यहॅा राखिएको फ्लाएर मार्फत टिकट लिन सक्नुहुनेछ ।

