
क्विन्स केटिएम लायन्स क्लबको दशै उपहार गरिब बिधार्थीलाई स्कुल ब्याग र पाठ्य सामग्री
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपालीहरुको नेतृत्वमा रहेको लायन्स क्लब क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कले दशैको अवसरमा नेपालको एक सरकारी बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई स्कुल ब्याग र पाठ्य सामग्री उपहार दिएका छन् ।

गत अक्टोबर २१,२०२३ शनिबारका दिन सुन्दर हरैचा-३, गछिया, मोरंग स्थित श्री जनता आधारभुत बिधालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ८४ जना बालबिधार्थीहरुलाई स्कुल ब्याग र पाठ्य सामग्री दशैको उपहार स्वरुप सहयोग गरेको हो ।

२०१९ सालमा न्युयोर्कको क्विन्समा स्थापित क्विन्स केटिएम लायन्स क्लबले आफ्नो स्थापनाकाल देखि नै समाजमा सकारात्मक परिबर्तनको निमित्त बिभिन्न खाले सामाजिक कामहरु गर्दै आईरहेको छ । यसै क्रममा क्लबका सदस्यहरुले आफ्नो जन्मदिनमा क्लबलाई सामाजिक भलाईमा समर्पित हुदै ईच्छ्याईएको रकम सहयोग स्वरुप दिने चलन लागु गरिएकोले सोहि सहयोग रकमबाट बर्षमा १ वा २ पटक भिन्न भिन्न सरकारी बिधालयको गरिब तथा जेहेन्दार बिधार्थिहरुलाई आबश्यक पाठ्य सामग्रिहरु सहयोग पुर्याउने उदेश्य रहेको क्लबकी अध्यक्ष रश्मी श्रेष्ठले जानकारी गराउनु भयो ।

यसै सिलसिलामा न्युयोर्क भन्दा बाहिर पहिलो पटक नेपालमा जन्मदिनको अवसरमा लायन रश्मि श्रेष्ठ, लायन अरुणा तामांग, लायन रिना लामिछाने र लायन शान्ति जिरेल मार्फत संकलन भएको रकमबाट रु.६० हजार रकम बराबरको स्कुल ब्याग र पाठ्य सामग्रि ८४ जना बिधार्थीहरुलाई सहयोग पुर्याउन सकिएको हो ।

नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लब लंगआईल्याण्डका अध्यक्ष लायन टिका ढकाल दशै बिशेष मनाउन नेपाल गएको समय र दशै बिशेष समय परेको (जुरेको)ले पनि सहयोग पुर्याउन सजिलो भएकोले लायन ढकाल मार्फत दशैको बिशेष अबसर पारेर उपहार स्वरुप उक्त सामग्री हस्तातरण गर्न पाउदा निकै खुशी लागेको क्लबकी अध्यक्ष रश्मीले बताउनु भयो ।

यस् बिशेष अवसरमा पुण्य काम गर्न पाउदा क्लबका सम्पुर्ण सदस्यहरुलाई बिशेष धन्यबादको साथै सहयोग पुर्याउनु भएका ढकाललाई पनि धन्यबाद ब्यक्त गर्नुभयो ।
