
लायन्स क्लबको आयोजमामा मिस युनिभर्स २०२३ जेन दिपीका संगको मिट एण्ड ग्रिट न्युयोर्कमा सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । लायन्स क्लबहरुको संयुक्त आयोजनामा मिस युनिभर्स नेपाल २०२३ संगको मिट एण्ड ग्रिट तथा फण्डराईजिंग ईभेन्ट सम्पन्न भएको छ ।

गत अक्टोबर २९,२०२३ आईतबारका दिन न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवाको हलमा न्युयोर्कमा अवस्थित २ वटा नेपालीहरुको नेतृत्वमा रहेको लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको संयुक्त आयोजनामा मिस युनिभर्स नेपाल २०२३ जेन दिपिका ग्यारेत्त संगको “मिट एण्ड ग्रिट तथा फण्डराईजिंग ईभेन्ट” सम्पन्न भएको छ ।

उक्त ईभेन्टमा मिस युनिभर्स २०१७ तथा मिस युनिभर्स ब्युटी प्याजेन्टका निर्देशक नग्मा श्रेष्ठ, मिस युनिभर्स २०२० आंशिका शर्मा अन्तराष्ट्रिय ट्रान्सजेन्डर मोडल तथा अभिनेत्री अंजली लामाको पनि उपस्थिती रहेको थियो । न्युयोर्कमा रहेको बिभिन्न संस्थाहरुलाई प्रतिनिधित्व गरि ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्ष्ता लायन्स क्लब क्विन्स बुद्धका अध्यक्ष लायन दिपक राज घिमिरे र लायन्स क्लब क्विन्स केटिएमकी अध्यक्ष रश्मी श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।

कार्यक्रममा केटिएम क्लबकी अध्यक्ष श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिईन् भने कार्यक्रमको समापन क्विन्स बुद्धका अध्यक्ष दिपक राज घिमिरेले गर्नुभएको थियो । मिस युनिभर्स नेपाल निर्देशक तथा पुर्ब मिस युनिभर्स नेपाल नग्माले कार्यक्रमबारे स्पष्ट जानकारी गराउनु भएको थियो।

मकै हाउस मिडियाका संस्थापक तथा लायन्स क्लब न्युयोर्क डिस्ट्रिक्ट २०-के१ का क्षेत्र अध्यक्ष (जोन चेयरपर्सन) बिक्की पुलामीले संचालन गरेको उक्त कार्यक्रममा मिस युनिभर्स नेपाल २०२३ जेन दिपिकाको प्रेणादायी भिडियो प्रस्तुती प्रस्तुत गरिएको थियो । भिडियो प्रस्तुती पश्चात मिस युनिभर्स नेपाल जेनले आफुले वकालत गेरको सामाजिक अभियान “महिलाहरुको हार्मोनल, मेन्टल र शारिरीक स्वास्थ्य” बारे आफ्नो भाबि परियोजना र योजनाबारे बताउदै सहयोगको अपिल पनि गर्नुभएकी थिईन् ।

कार्यक्रममा जेन दिपिकाको सामाजिक अभियान सहयोगार्थको निमित्त नगद, चेक र जेल गरि अमेरिकन डलर $२,०००.०० (दुई हजार) कलेक्सन भएको थियो । कार्यक्रममा मिस युनिभर्स नेपाललाई आयोजक क्लबहरु लायन्स क्लब अफ क्विन्स बुद्ध र क्विन्स केटिएमले “क्लब ईन्भाईरोमेन्ट एम्बास्साडर”ले पनि सम्मानित गरेका थिए ।

कार्यक्रममा स्नायक्स र हल बाजेको सेकुवाले सहयोग गरेको थियो भने जेन दिपिकाको न्युयोर्क बसाईको निमित्त अपार्टमेन्ट र अन्य कुराको सहयोग प्राईम अमेरिका रियल स्टेट अमेरिकाले गरेको हो ।