
भर्खरै गएको भुकम्पमा परि जाजरकोट नलगाडकी उपप्रमुख सहित ८ जनाको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज, बिरेन्द्र जिसी
जाजरकोट । जाजरकोट नलगाड नगरपालिकाकी उपप्रमुख सहित ८ जनाको मृत्यु, २२ जना घाइते भएको छ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर भर्खरै गएको भुकम्पका कारण घर भत्किएपछि नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उपप्रमुख सिंह संगै हाल सम्म ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।


