Banner

सांगितिक कार्यक्रमका लागी अमेरिका आएका गायक हर्कुलस बस्नेत न्युयोर्कबाट फरार

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गायक हर्कुलस बस्नेत संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट फरार भएका छन् । 

सांगितिक भ्रमणका लागी पहिलो पटक आफ्नो प्रस्तुती दिन अमेरिका आएका गायक हर्कुलस बस्नेत र गायिका अस्मिता अधिकारी मध्य गायक बस्नेत न्युयोर्कको कार्यक्रममा सहभागी नै नभई फरार भएका हुन् । 

गत अक्टोबर ३१,२०२३ मंगलबार बोस्टनको कार्यक्रम सकि न्युयोर्क आएका गायक बस्नेत नोभेम्बर १,२०२३ बुधबारका दिन साथि भेट्छु भनि गएका गायक नोभेम्बर ३,२०२३ शुक्रबार न्युयोर्कमा हिजो सम्पन्न  कार्यक्रममा पनि सहभागी नभएको र जति फोन गर्दा पनि फोनको जबाफ नफर्काएको र टेक्स्ट म्यासेज गर्दा पनि म्यासेज हेर्ने तर म्यासेजको प्रतिउत्तर नआएपछी कार्यक्रम सकिएको भोली पल्ट (आज) पनि सम्पर्कमा नआएपछी न्युयोर्कका आयोजक मध्येका एक जनाले उनि फरार भएको मकै हाउस टिभी एण्ड न्युजलाई जानकारी गराएका छन् । 

लिब एट प्रेसेन्ट (Live at Present) को मुख्य आयोजनामा पि थ्री (कलाकार) भिसा मार्फत अक्टोबर २१,२०२३ डल्लासबाट सुरु भई नोभेम्बर २५,२०२३  भर्जिनियामा अन्तिम सांगितिक कार्यक्रम सकि नेपाल जाने कार्यक्रम रहेको थियो । तर उनि न्युयोर्ककै कार्यक्रममा सहभागी नभई फरार भएका हुन् । 

बस्नेतले २ दिन पहिले आफ्नो सामाजिक संजालमा साथि संगै न्युयोर्क घुमेको लाईभ भिडियो शेयर गरे संगै उनि ले “New York is a Nightmare”” न्यूयोर्क एक दुःस्वप्न हो“ भनि स्टाटस लेखेका थिए । 

Loading...