Banner

प्रा.डा. होम ब. बस्नेत द्वारा न्युयोर्कमा “सकारात्मक सोचको शक्ति” बिषयक कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कमा हिजो आईतबार “सकारात्मक सोचको शक्ती” बिषयक १ दिने कार्यक्रम सम्पन्न भएको छ ।


लायन्स क्लब अफ क्विन्स बुद्ध, क्विन्स केटिएम लायन्स क्लब, रोटरी क्लब अफ क्विन्स न्युयोर्क र गैर आवासिय संघ, अमेरिकाको संयुक्त आयोजनामा गत आईतबार न्युयोर्कको क्विन्समा १ दिने “ सकारात्मक सोचको शक्ति” बिषयक कार्यक्रम सम्पन्न भएको छ ।

रामपुर, चितवन कृषि तथा बन बिश्वबिधालयका डिन प्रा. डा. होम बहादुर बस्नेत द्वारा प्रस्तुत १ दिने “सकारात्मक सोचको शक्ति” बिषयक कार्यक्रममा उपस्थित सहभागिहरुले निकै चासो पुर्बक सुनेका थिए । सहभागिहरुले जनाए अनुसार न्युयोर्कमा धेरै खाले राजनितिक, सामाजिक कार्यक्रम हुन्छ तर एस्तो जिबन उपयोगि र परिबर्तनशिल कार्यक्रम पहिलो चोटी भएकोले एस्तो कार्यक्रम प्रत्येक महिना हुनुपर्छ भन्ने जनाएका थिए ।


आयोजक मध्यका लायन्स क्लब अफ क्विन्स बुद्धका अध्यक्ष दिपक राज घिमिरे, क्विन्स केटिएम लायन्स क्लबकी अध्यक्ष रश्मी श्रेष्ठ रोटरी क्लब अफ क्विन्स न्युयोर्कका अध्यक्ष हंसराज जोशी र गैर आवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष ई. सुर्य लम्साल सहित ६० जनाको सहभागिता रहेको थियो । 

 

 

कार्यक्रममा प्रमुख प्रेरक बक्ता बस्नेतले आफु अलग्गै पेशामा आबद्ध रहेको भएपनि सकारात्मक सोचले नै मानिसलाई सबल, सक्षम र सबैलाई माया गर्न सक्ने शक्ति प्रदान गर्ने कुरा र धेरै ठॅाउमा गरि न्युयोर्कमा भएको आजको सेमिनार मेरो ५५३ औ पटक हो, प्रा. डा. बस्नेतले बताउनु भयो । निकै नै सकारात्मक पुर्बक अगाडी बढेको कार्यक्रममा प्रेरक बक्ता बस्नेतले बिभिन्न खाले प्रेणादायि कथा सुनाउदै  हासो र रोदन बिच कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रम लियो क्लबकी २ कलिला नानिहरु बबिना पौडेल र कृष्टिना आचार्यले संचालन गरेकी थिईन् । 

Loading...