Banner

न्युयोर्क राज्य बिधान सभा सदस्य स्टेभन रागाले नेपालीहरु माझ दशै टिका लगाई मनाएका छन् ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । न्युयोर्क राज्यका बिधान सभा सदस्य माननिय स्टेभन रागाले नेपालीहरु माझ दशैको रातो टिका र जमरा लगाई दशै मनाएका छन् । 

बिगत २ दशक देखि न्युयोर्कमा आप्रवासिहरुको हक र अधिकारको निमित्त वकालत गर्दै आएका सामाजिक संगठन “अधिकार”ले न्युयोर्कको क्विन्समा गत अक्टोबर २८,२०२३ शनिबारका दिन सामुहिक दशै टिका लगाउने कार्यक्रमको आयोजना गरेको छ । उक्त दशै टिका लगाउने कार्यक्रममा धेरै न्युयोर्कवासी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा न्युयोर्क राज्यका बिधान सभा सदस्य माननिय स्टेभन रागाले पनि ‘अधिकार’की सह-कार्यकारी निर्देशक नर्बदा क्षेत्रीको हातबाट रातो टिका, जमरा र आशिर्बाद ग्रहण गरी खुशियाली साटेका थिए ।

 

 

Loading...