
“श्रीमदभागवत तथा पुर्वीय दर्शन सम्बन्धि प्रवचन” न्युयोर्कमा हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा त्रिदिवसीय ज्ञान सत्संग, श्रीमदभागवत तथा पुर्वीय दर्शन सम्बन्धी प्रवचन कार्यक्रम हुने भएको छ ।
हिमानी ट्रष्ट न्युयोर्क ब्युरोको आयोजनामा ३ दिने “श्रीमदभागवत तथा पुर्वीय दर्शन सम्बन्धी प्रवचन” कार्यक्रम हुने भएको हो । ख्यातिप्राप्त बाचकको रुपमा परिचित प्रख्यात वाचनप्रबिण पं दिनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहने कार्यक्रम न्युयोर्कको क्विन्स, वुडसाईड स्थित गिता मन्दिरको सभाहलमा आगामी नोभेम्बर २४, शुक्रबार दिउसो ३:०० बजे सॅाझ ८:०० बजे सम्म, नेभेम्बर २५, शनिबार बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म र नोभेम्बर २६,२०२३ आईतबार दिउसो ३:०० बजे देखि सॅाझ ८:०० बजे सम्म गरि ३ दिन सम्म उक्त प्रवचन कार्यक्रम चल्नेछ ।
