
हिमालयन रोडिज सिजन ५ को उपाधी टिम ग्रिन “लाउरे”का संजिब राईले जितेको छ । (फाईनल भिडियो सहित)
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । हिमालयन रोडिज सिजन ५ को उपाधी संजिब राईले जितेको छ ।
भर्खरै सम्पन्न हिमालयन रोडिज सिजन ५ को उपाधी संजिब राईले जितेको छ । १८ हप्तादेखि चलेको एड्भेन्चेरियस रियालिटी शो द हिमालयन रोडिजको उपाधी उचालेका संजिब राई टिम “ग्रिन” आशिष राना (लाउरे)को टिमबाट फाईनलमा पुगेका थिए भने रनर अप पनि टिम “ग्रिन” लाउरेलाई प्रतिनिधित्व गरेका बिश्व मगरले जितेको हो ।

यस पालीको सिजन भनेको टिम ग्रिन लाउरेको दुबै हातमा लड्डु भनेको जस्तै भएको छ, फाईनलमा दुबै प्रतिष्पर्धी टिम ग्रिम बाटनै थियो, त्यसैले पनि लाउरे अन्य सिजनमा भन्दा यस् सिजनमा ढुक्क देखिन्थे ।

जित संगै रनर अप बिश्व मगरले माउण्टेन डिउको तर्फबाट नगद रु.५० हजार उपाधी प्राप्त गरेको छ भने । बिजेता राईले यामाहाको मोटर साईकल र नगद रु.१० लाख प्राप्त गरेको छ । यस् सिजनमा भने अर्को रमाईलो पक्ष हिमालयन रोडिजको पिआई राउण्ड पार गरेर आएका सबै प्रतिप्रधीले मोटरसाईकल प्राप्त गरेको छ ।
