
भोलि न्युयोर्कमा “दिमाग खराब” प्रदर्शन हुने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ भोलि न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।
निश्चल बस्नेतले निर्देशन गरेको स्वस्तिमा खड्का र दयाहांग राई स्टारडम नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ डिसेम्बर २ र ४,२०२३, अर्थात भोलि शनिबार दिउसो ४ः३० बजेको शो र सोमबार सॅाझ ५ः३० बजेको शो गरी २ शो न्युयोर्क, क्विन्स स्थित रेगल युए कौफम्यान एस्टोरिया (Regal UA Kaufman Astoria)को हलमा प्रदर्शन हुने भएको आयोजक खाम भट्टले जानकारी गराउनु भएको हो ।
त्रिबेणी ईन्टरट्यान्मेन्ट एलएलसी न्युयोर्कको प्रस्तुतीमा चलचित्र प्रदर्शन हुन लागेको हो ।
अन्य जानकारीको लागी तलको फ्लायरमा हेर्नुहोला ।



