Banner

गायक मिंग्मा शेर्पाको कन्सर्ट न्युयोर्कमा साथमा अन्य कलाकारहरुको पनि प्रस्तुती हुने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गायक मिंग्मा शेर्पाको सांगितिक प्रस्तुती न्युयोर्कमा हुने भएको छ, साथमा अन्य कलाकारहरुले पनि प्रस्तुती रहने छ । 

डिजे एनवाई जाम ईन्टर्टैन्मेन्ट (DJ NYJam Entertainment) को आयोजना र पेम्बा तथा दावा शेर्पा क्याश डिजेपीको सहकार्यको साथै खुम्बु पासांग ल्हमु शेर्पा सोसाईटी, अमेरिकाको बिशेष सहयोगमा न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरेस (Gulshan Terrace) हलमा आगामी डिसेम्बर ८,२०२३ शुक्रबार सॅाझ ७ः३० बजेबाट मध्यरात सम्म गायक मिंग्मा शेर्पाको साथै न्युयोर्कलाई कर्मथलो बनाउदै आएका राष्ट्रिय कलाकारहरु गायक जगदिश समाल, गायिका तथा नृत्यंगना बसन्ती राई, हास्यकलाकार तथा जादुगर महादेब त्रिपाठी, गायक आंग गेलु शेर्पा र गायक सुवर्ण शाक्यले पनि आफ्नो प्रस्तुती दिने भएको छ । 

गायक मिंग्मा शेर्पाको “छमछम छमछम तिमीले पाउजु बजाउदा”, “नमुना बनाईदियौ पागल प्रेमीको”, “आसु झार्दिन म” लगाएत दर्जन गितहरु हिट छन् । 


Loading...