Banner

न्युयोर्क राज्य बिधानसभा सदस्य स्टेभेन रागा र मकै हाउस मिडिया टिम बिच बिशेष भेट

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्क राज्यका बिधानसभा सदस्य माननिय स्टेभेन रागा र मकै हाउस मिडिया टोलीको बिशेष भेट सम्पन्न भएको छ ।

गत डिसेम्बर ८,२०२३ शुक्रबारका दिन न्युयोर्क राज्य, डिस्ट्रिक्ट ३० बिधानसभा सदस्य माननिय स्टेभेन रागा, समुदायिक मामिला निर्देशक  डोल्मा लामा र मकै हाउस मिडियाको तर्फबाट संस्थापक तथा मिडिया पर्सन खडग ब. पुलामी उर्फ बिक्की पुलामी, मिडिया हाउसका सल्लाहकार तथा एल्महर्स्ट हस्पिटल सामुदायिक सल्लाहकार समितिका अध्यक्ष लुईसांग वाईबा र मिडिया हाउस सह-संस्थापक तथा लंगआईल्याण्ड नेपाली समाजका पुर्बअध्यक्ष टिका ढकाल बिच बिशेष छलफल तथा भेट सम्पन्न भएको छ ।

भेटमा मकै हाउस मिडियीले बिगत २०१८ देखि न्युयोर्क समुदायमा नोपाली भाषामा संचारको माध्ययमबाट पुर्याएको योगदानबारे बिशेष छलफल भएको हो । आगामी दिनहरुमा पनि निरन्तरताको निमित्त बिशेष सहकार्य र सहयोग बारे गहन छलफल भएको थियो । 

उक्त भेटघाट कार्यक्रममा बिधानसभा सदस्य रागाले हाम्रो कार्यालयको तर्फबाट हामि सहयोग र सहकार्यको लागी सदैब अगाडी छौ, भन्ने आश्वासन दिनु भएको थियो । 

 

 

Loading...