
लंगआईल्याण्ड, न्युयोर्कमा बसोवास गर्ने समाजका अगुवाहरुको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासीय नेपालीहरुलाई सहजरुपमा नागरिकता बितरण गरियोस् भनि केहि दिन अगाडी लंगआईल्याण्ड नेपाली समाज र समाजका अगुवाहरुले सामुहिकरुपमा प्रधानमन्त्रीलाई नेपाली महाबाणिज्यदुतावासको कार्यालय न्युयोर्क मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा लेखिएको कुरा र अगुवाहरुको नामाबली यहॅा तल राखिएको छ ।
माननिय गृहमन्त्री ज्यू , गृह मन्त्रालय काठमान्डौ नेपाल , मार्फत श्रीमान महावाणिज्य दुत , महावाणिज्य दुतावासको कार्यालय न्यूयोर्क अमेरिका ।
विषय :~ गैरआवासीय नेपाली नागरिकता सहज रुपमा उपलव्ध गराईयोस । माननिय मन्त्री ज्यू नेपाल सरकारको मिति २०८०/०२/१७ गतेको नेपाल राजपत्रमा प्रकाशित नेपाल नागरिकता (पहिलो शोधन) ऐन, २०७९ र नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली, २०८० लाई कार्यान्वयन भएको र नेपाल भरी सवै जिल्लावाट गैरआवासीय नागरिकता वितरण भैरहेको छ ,जसका कारण हजारौं गैरआवासिय नेपाली खुसि भएका छन् । तथापी नागरिकता वितरण जुन सजिलो प्रकारले हुनु पर्थ्यो त्यो भएको छैन , नागरिकता प्राप्ति र वितरणको उद्येस्य विपरित सवै प्रणालि झन्झटिलो वोझिलो छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साविकमा वंशजको जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको गैर आवासीय नेपाली ले नागरिकताको प्रमाणपत्रका लागि निवेदन लिनको लागि विविध कागजात लिई जान विभिन्न जिल्ला प्रशासन कार्यालय हरुले आफूखुसी निर्देसन जारि गर्ने गरेको पाईएको छ ।गैरआवासिय नेपालीको सहजताको लागि नागरिकता नियमावली र निर्देसिका वमोजिम हुनु पर्नेमा प्रहरी मुच्वल्का लगाएत अन्य आफूखुसी निर्देसन जारि गर्ने काम एन आर एन मैत्री छैन । दुतावास र वाणिज्यदुतावास ले दिने गरेको पुरानो नेपाली नागरिकताको प्रमाण पत्र र मौजुदा पासपोर्टको आधारमा एन आर एन कार्ड उपलव्ध गरेझैं गरी सहज रुपमा गैर्हआवासिय नागरिकता उपलव्ध हुने व्यवस्ताको लागि अनुरोध गर्दछौं साथै गैर्ह आवासीय नेपाली नागरिकता प्राप्ती पछि यो नागरिकता लाइ अहिलेको नेपालको इमिग्रेशनले मान्यता दिएको छैन । हामीले नागरिकता लिइ सके पछि त्यसका आधारमा नेपाली सरह भिसा लिनु न पर्ने प्रावधान गरिनु पर्छ । गैर्ह आवासीय नेपाली नागरिकता लिनका लागि बिदेश स्थित नेपाली कन्सुलेट बाट गैर्ह आवासीय नेपाली परिचयपत्र लिएका ब्यक्तीहरू लाइ त्यसैको आधारमा नागरिकता दिइ झंझटिलो प्रकृया बाट सहजता बनाउनु पर्छ ।गैर्ह आवासीय नेपाली नागरिकता लिइ सके पनि नेपाल सरकार ले मालपोत,यातायात,सिक्षण संस्था र अन्य कार्यालयहरुमा यसको जानकारी समेत दिएको छैन यथासिध्र त्यो ब्यवस्था मिलाउन अनुरोध गरिन्छ।
भवदिय
वसन्त चापागाई
अध्यक्ष लंगआईलेन्ड नेपाली समाज
वेद प्रसाद खरेल
अध्यक्ष आरके फाउन्डेसन
विश्वराज वास्तोला
अध्यक्ष विटी फाउन्डेसन , सभापति नेपाली जनसम्पर्क समिति अमेरिका
शंकर राज भण्डारी
वोर्डमेम्वर टाउन अफ हेम्पस्टेड न्यूयोर्क
एलिसावेथ ढकाल ,
अध्यक्ष पार फाउन्डेसन
वावुराम शर्मा
उपाध्यक्ष अन्तराष्ट्रिय पर्वत समाज
विशाल रेग्मी
एनआरएनए न्यूयोर्क च्याप्टर
श्याम पौडेल
उपाध्यक्ष पर्वत सेवा समाज


