
आज न्युयोर्कमा “एज ब्याण्ड र तृष्णा गुरुंगको” कन्सर्ट एउटै स्टेजमा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आज न्युयोर्कमा “एज ब्याण्ड” र तृष्णा गुरुंगको कन्सर्ट एउटै स्टेजमा हुने भएको छ ।
पिएनएम ईन्टरटैन्मेन्ट न्युयोर्कको आयोजनामा क्रिसमस ईभको अवसरमा आज डिसेम्बर २४,२०२३ आईतबार सॅाझ ८ः००- मध्यरात सम्म न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा पछिल्लो पुस्ताका निकै चर्चित ब्याण्ड “एज ब्याण्ड” र भ्वाईस अफ नेपालकी कोच समेत बनिसकेकी गायिका तृष्णा गुरुंगको कन्सर्ट हुने भएको हो ।

न्युयोर्कमा एज ब्याण्डको पहिले पनि कन्सर्ट भैसकेको छ भने सम्भबत गायिका तृष्णाको भने पहिलो कन्सर्ट हुन सक्छ ।
आजको यस् कन्सर्टमा एज ब्याण्ड र तृष्णा संगै द जोय ब्याण्डको पनि प्रस्तुती रहने छ भने कन्सर्टको अन्त्यमा डिजे भटुले माहौल रंगीन बनाउने छ ।


